नियम ७५
केन्द्रीय लेखा तथा वित्तीय विवरण
(१) केन्द्रीय निकायले केन्द्रीय लेखा राख्दा वार्षिक बजेट, स्रोतान्तर, रकमान्तर, निकासा, खर्च, वस्तुगत सहायता, सोझै भुक्तानी, टर्न की, प्राविधिक र अन्य सहायता तथा शोधभर्ना हुने रकमको दातृपक्ष, स्रोतको प्रकार, भुक्तानी बिधि समेत खुल्ने गरी लेखा राख्नु पर्नेछ। त्यसरी लेखा राख्दा राजस्व, धरौटी, अन्य कारोबार, सम्पत्ति तथा प्रतिबद्धताको समेत केन्द्रीय लेखा राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लेखा राख्ने प्रयोजनको लागि मातहतका कार्यालयले केन्द्रीय लेखा राखे तालुक कार्यालयमा महालेखा नियन्त्रक कार्यालयले तोकिदिएको समयभित्र ऐन तथा यस नियमावली बमोजिमको वित्तीय विवरण पठाउनु पर्नेछ।
(३) लेखा उत्तरदायी अधिकृतले ऐनको दफा २६ को उपदफा (४) बमोजिम तयार गरेको विवरण र मातहत कार्यालय समेतको आय व्ययको केन्द्रीय लेखा तथा वित्तीय विवरण तयार गरी असोज मसान्तभित्र महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त हुन आएको केन्द्रीय लेखा तथा वित्तीय विवरणको आधारमा महालेखा नियन्त्रक कार्यालयले ऐनको दफा २९ को उपदफा (१) बमोजिम केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरी कात्तिक पन्ध्र गतेभित्र महालेखा परीक्षकको कार्यालयमा पठाउनु पर्नेछ।
(५) मन्त्रालय र केन्द्रीय निकायले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कनको लागि पुस महिनासम्मको आम्दानी तथा खर्चको विवरण माघ पन्ध्र गतेभित्र महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ।
(६) मन्त्रालय र केन्द्रीय निकायले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको स्थिति मूल्याङ्कनको लागि वैशाख पन्ध्र गतेभित्र संशोधित अनुमान तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ। त्यस्तो विवरणको आधारमा महालेखा नियन्त्रक कार्यालयले एकीकृत विवरण तयार गरी वैशाख मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ।